घरबेटी ‘बा’को छोरी
-लक्ष्मण सिटाैला
सधैं जसो रित्तो देखिने, तर खुला
धोएर सफा गरेको एकजोर गाग्री
लम्पसार ओछ्याउछिन माथी झ्यालबाट
र म मुनि निथरुक्क भिज्छु
बिना पानी –
आफै भित्रको गर्मीले
डर लाग्छ बोलु भने-
एरियल भाचिएको रेडियो जस्तै म
आकाशबाणि खर्साङ सुनिन छोडेको धेरै भो
धेरै भो, बाटुले चौरका झलकमान
र धर्मराज नसुनिएका पनि
नुन लिन भोट जाने नेपालीको कथा जस्तै
श्रङचङगम्पोले
हाम्री भृकुटी बिहे गरेको मिथक जस्तै
भोगिसकेको हरेक मान्छेको जिन्दगी
केवल कथा नै त हो-
मसग हिजोको कथा धेरै छन
अहिले जे भोग्दै छु
त्यो कथा होईन दशा हो- मनोदशा
म आफ्नै पिरको
कुम्भ मेलामा हराउदै हराउदै गएको
एउटा जरासन्ध हु
उनी माथीबाट
भाडाको महाभारत सुनाउछिन एका बिहानै
म विद्यार्थी बेरोजगार छु
बहालको आहालले थेचारीएको जुम्लेली केटो
भोलिसम्म भाडा नतिरे
ढारो बन्ड गर्दिन्छु रे !
बट्टिको टार छुटाइडिन्छु रे !
चर्पिमा टाला मार्दिन्छु रे!
मुल गेट ६ बजेनै बन्ड गर्दिन्छु रे !
मैले अस्ति उन्लाइ किन घोरिएर हेरेको
बा”लाई कुरा लाइडिन्छु रे !
मलाई अस्टि किन छोएको होए
मा”लाई भन्डिन्छु रे !
र अन्टमा कोठामा टाला ठाेक्दिन्छु रे !
यतिबेला म –
गालामा हात लाएर
निमग्न सोचिरहेछु
के सबै घरबेटी बा”का छोरीहरू
यस्तै बेहोराका होलान् त ?
अगाडि आएर उ एक्कासि कराइ
” जितः छ नापं मतिना दु”
खोइ के भनी भनी
म वाल्ल परिरहे
केही बुझिन-
नबुझेकै राम्रो कङ्गालीको अगाडि बङ्गाली
प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार ०९:१५