२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

श्रेयाको परिवारलार्इ भेटेर सांसद पहारीले भने बलात्कारीलार्इ फाँसीको सजाँए माग्छु

२२ असोज, कास्की । बलात्कारपछि हत्या गरिएकी कास्कीकी श्रेया सुनाराको परिवारलार्इ भेटेर प्रदेश सांसद राजिव पहारीले सान्त्वना दिएका छन । प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायको टोलीसहित श्रेयाकाे घरमा पुगेको टोलीले परिवारलार्इ सान्त्वना दिँदै ३० हजार रूपैयाँ अार्थिक सहयोग पनि गरेको छ ।

सांसद पहारीले १० हजार र प्रहरी टोलीले २० हजार रुपैयाँ सहयोग गरेका थिए। सहयोग रकम सांसद पहारीले श्रीयाकी आमा बेलुमाया सुनारलाई हस्तान्तरण गर्दै वडा विकास समितिलाई पनि आर्थिक सहयोगको व्यवस्था गर्न निर्देशन दिए।

गण्डकी प्रदेश सांसद पहारीले बेलुमायाका विलौना सुनिसकेपछि दोषीलाई कारबाही गर्न फाँसीको व्यवस्था गर्न संसदमा माग गर्ने बताए। उनले भने, ‘देशमा बलात्कार, हत्याजस्ता जघन्य अपराध बढिरहेका छन्। यी सबै घृणित कार्य गर्ने फाँसीको माग गर्दै प्रदेश सभा कुरा राख्छु।’ उनले दोषीलाई कडाभन्दा कडा कारबाही गर्ने आश्वासन सुनार परिवारालाई दिए। संसद पहारीले श्रीयाको हत्यारा २४ घन्टाभित्रै पक्राउ पर्नुमा प्रहरीको सक्रियता रहेको बताए।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार २१:१३