२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

आइएमई पेबाट सजिलै आइएमई लाइफको बीमा पोलिसी नवीकरण गर्न सकिने

२६ चैत, काठमाडाैं । आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले प्रदान गर्ने बीमा सेवा भुक्तानीअन्तर्गत अब सेवाग्राहीले सजिलै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण गर्न सकिने भएको छ।

सेवाग्राहीले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत ‘इन्स्योरेन्स’को ‘पे प्रिमियम’मा गई ‘आइएमर्ई लाइफ नवीकरण’ क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी नवीकरण गर्न सक्नेछन्।

उक्त सेवा ग्राहकलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नवीकरण गर्न प्रोत्साहान गर्ने उद्देश्यका साथ उपलब्ध गरिएको हो।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १६:१४