२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

बिजुलीको तार झोलिएर ट्रकमा करेन्ट लाग्दा नुवाकोटमा चालकको मृत्यु

२२ असाेज,नुवाकोट। बिजुलीको तार झोलिएर ट्रकमा करेन्ट लाग्दा नुवाकोटमा ट्रक चालकको मृत्यु भएकाे छ । नुवाकोटको वेलकाेटगढि नगरपालिका वडा नं ७ स्थित खाल्डे भन्ने ठाउँमा करेन्ट लागेर चालक भरत ढुंगानाको मृत्यु भएको छ । नुवाकाेट जिल्लाको लिखु गाउँपालिका वडा नंवर १ बराफेदी घर भएका ३३ वर्षीय ढुंगानाकाे मृत्यु भएकाे  जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी वसन्त कुंवरले जानकारी दिए ।

 

घटनाको विरोधमा  ट्रक चालक तथा मृतकका आफन्तले सडकमार्ग बन्द गराएका थिए । मृतकका आफन्त तथा चालकले विद्युत प्राधिकरणको लापरवाहीका कारण विद्युतको तार झोलिएर अनाहकमा ज्यान गएको जनाउँदै देवीघाट-गल्छी सडकमार्ग अवरुद्ध गरेका हुन् । पृथ्वी राजमार्गको गल्छीबाट नुवाकोटको त्रिशूलीतर्फ आउँदै गरेको ना ३ ख ४७६८ नं को फलामको बक्सा ल्याउँदै गरेको ट्रकमा बिजुलीको तारले छोएपछि तार पन्छाउने क्रममा ढुंगानाको  मृत्यु भएको कुंवरले जनाएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार २०:०८