२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

तत्कालीन अाइजिपीसँग २० लाख घुस मागेको खुलासा भएपछि नेकपाका नेता बामदेव गाैतम स्तब्ध

२२ असोज, काठमाडाैँ ।  तत्कालीन अाइजिपी अच्युतकृष्ण खरेलसँग २० लाख घुस मागेको खुलासा भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम स्तब्ध बनेका छन । नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्धारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै गाैतम स्तब्ध भएका हुन ।

खरेलको पुस्तक सार्वजनिक भएपछि अाज आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका  गाैतमले खरेलले प्रकाशित गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत रु २० लाखको प्रस्ताव पठाउँदा अस्वीकार गरेको झुटा कुरा लेखेर चरित्र हत्या गर्न खोजेको स्पष्ट पारे । उनले खरेलले आइजिपीबाट हटाएको बदला आफ्नो आत्मकथामार्फत सार्वजनिक गरेको दाबी पनि गरे ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १८:५०