पोल्याण्डमा नेपालको तर्फबाट कन्सुलर नियुक्ति छिट्टैः उपप्रधानमन्त्री पोखेरेल
२२ असोज, काठमाडाैँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पोल्याण्ड स्वतन्त्रताको १०० वर्ष पुरा भएको उपलक्ष्यमा पोल्याण्ड सरकार र पोलिस जनतालाई शुभकामना दिनु भएको छ । सोमबार रक्षा मन्त्रालयमा अाएका पोल्याण्डका राजदूत आडम बुराखोस्कीसँस भेट गर्दै उपप्रधानमन्त्री पोखरेललले पोल्याण्ड सरकार र पोलिस जनतालाई शुभकामना दिँदै नेपाल र पोल्याण्डबीच सुमधुर सम्वन्ध रहेको र यसलार्इ अझै सुमधुर बनाउनुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री पोखरेलले विगत केही वर्षदेखि पोल्याण्डमा उच्च अध्ययनको साथै रोजगारीको सिलसिलामा समेत जाने नेपालीहरुको तथ्यांकमा उच्च वृद्धि हुँदै गएकोले नेपाली विद्यार्थी तथा युवाहरुको भिसा आवेदन र आवागमन प्रकृयामा सरलीकरण गर्न आग्रह गरे ।
उपप्रधानमन्त्री पोखरेलले नेपाल र पोल्याण्डबीच नागरिक आवागमनमा भएको वृद्धिलाई दृष्टिगत गर्दै नेपालमा आवासीय राजदुतको आवश्कयता औंल्याउँदै निकट भविष्यमा पोल्याण्डमा नेपालको तर्फबाट कन्सुलर नियुक्त गरिने कुरा व्यक्त गरे । भेटका अवसरमा राजदूत बुराखोस्कीले गत महिना पोल्याण्डकोे भ्रमण गरेकोमा धन्यवाद दिए ।
प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १८:२३