मुटुरोगको विषयमा जनचेतना अभिवृद्धि गर्न कीर्तिपुरमा मेडिसिटीको अन्तरक्रिया
२२ असोज, काठमाडाैँ । मुटुरोगको विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले सिकुछे थछे म्हाइमाच समूहको सहकार्यमा नेपाल मेडिसिटीले स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरेको छ । किर्तिपुरको पांगामा आयोजित सो सचेतना कार्यक्रममा नेपाल मेडिसिटीको क्रिटिकल केयर तथा नन् इन्भेसिभ कार्डियोलोजी विभागका प्रमुख डा. लव नर्सिङ्ग जोशीले जानकारीमूलक सल्लाह एवं जानकारी दिनुभएको छ ।
झण्डै १०० जना ज्येष्ठ नागरिकका लागि आयोजना गरिएको सचेतनामूलक कार्यक्रममा डा.जोशीले मुटुरोगको परिचय संगसंगै यसका कारण, लक्षण र उपचारको बारेमा जानकारी गराउनुभएको थियो । आजको समयमा जिवनशैलीनै धेरै रोगको कारण भएकाले यसमा विशेष ध्यान दिन जरुरी रहेकोमा डा. जोशीले जोड दिनुभयो ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १८:०६












