२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

एनआइसी एसिया क्यापिटलले सार्वजनिक गर्यो ‘मोबाइल एप’

२३ चैत, काठमाडाैं । एनआइसी एसिया क्यापिटल लिमिटेडले ‘मोबाइल एप’ सार्वजनिक गरेको छ । कम्पनीले ‘अब लाइनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने नाराका साथ आफ्ना ग्राहकलाई प्रविधिको प्रयोगमार्फत् क्यापिटलमा उपस्थित नभई मोबाइलबाटै सहज र सर्वसुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ मोबाइल एप सञ्चालनमा ल्याएको हो।

क्यापिटलबाट प्रदान गरिने सेवा तथा क्यापिटलसँग आबद्ध भएका ग्राहकहरूले मोबाइल एपबाटै सम्पूर्ण सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। उक्त एपबाट सिस्टमेटिक इन्भेस्टमेन्ट प्लानमा लगानी गर्न, अनलाइन डिम्याट एकाउन्ट खोल्न, मेरो सेयर रजिस्टर गर्न तथा पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा सहभागी हुन मिल्नेलगायतका विभिन्न थप सुविधा रहेको जनाइएको छ। यो एप एन्ड्रोइडको प्ले स्टोर तथा आइओएसको एप स्टोरबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १३:५५