उपत्यकाका तीन प्रहरी वृत्तको नेतृत्व परिवर्तन, बाैद्धमा चन्द, थानकोटमा शाह र सातदोबाटोमा मिश्र
२२ असोज, काठमडाैँ । प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीन प्रहरी वृत्तको नेतृत्व परिवर्तन गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई गत शनिबार घुस काण्डमा निलम्बनमा परेपछि आजदेखी डीएसपी नरेन्द्र चन्दलाई खटाएको प्रहरीको स्रोतले जनाएको छ ।
डीएसपी चन्दको बौद्ध सरुवापछि यसअघि उनी कार्यरत रहेको महानगरीय प्रहरी परिसर ललितपुरमा विवादास्पद छविका अपिलराज बोहराको सरुवा भएको छ ।

त्यसैगरी थानकोटमा डीएसपी कुमार विक्रम थापालाई सरुवा गरिएको छ भने ललितपुरको सातदोबाटो वृत्तमा डीएसपी गौतम मिश्रलाई पठाईएको छ । थानकोटका डीएसपी नवरत्न पौडेल युएन मिशनमा जाने भएपछि थापालाई त्यहाँ पठाईएको हो भने सातदोबाटोका डीएसपी विनोद सिलवाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा भएपछि उक्त स्थानमा मिश्रलाई पठाईएको हो ।
प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १७:२८












