१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

रवि लामिछानेविरुद्ध परेका उजुरी खारेज, उम्मेदवारी कायम


२२ चैत, काठमाडौं । चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।

लामिछानेको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो । उनीविरुद्ध परेका उजुरीहरु खारेज भएसँगै उनको उम्मेदवारी कायम रहेको हाे ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १६:५५