३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

शिवम् सिमेन्टद्धारा काठमाडाैँका ट्याक्सी चालकहरुलार्इ ज्याकेट वितरण

२२ असोज, काठमाडाैँ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादककम्पनी शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौका ट्याक्सी चालकहरुको लागि पहिलो चरणमा चालक ज्याकेट उपलव्ध गराएको छ ।

नेपाल सरकार तथायातायातव्यवस्थाविभागले ट्याक्सी चालकहरुलाई ट्याक्सी चलाउदाज्याकेट अनिवार्य गराएको थियो । उक्तकार्यलाई सहज बनाउने अभिप्रायले शिवमसिमेन्टले पहिलो चरणमा अन्तर्गत ट्याक्सीलाई विजयादशमीको शुभकामनाका सहित एभरेष्ट क्याव सर्भिसको संयोजकत्वमा विशेष कार्यक्रमआयोजना गरी ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा कालोपुल वडा नं. ५ का वडा अध्यक्ष रमेश डंगोल तथा कम्पनीका तर्पmबाट सिनियर ब्राड म्यानेजर केशव अर्यालले संयूक्त रुपमा ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गर्नु भएको थियो ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा पनि शिवम् सिमेन्टस् लिमिटेडले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, गाँउपालिकामार्फत विद्यालय संचालनमा सहयोग, स्वास्थ्यचौकी संचालनमा सहयोग, एम्बुलेन्स हस्तान्तरण, वातावरण व्यस्थापनएवम् वृक्षारोपण, सरसफाई जस्ता विभिन्नकार्यक्रमहरु गर्दै आएको थियो । सोही क्रमको निरन्तरता स्वरुप विजयादशमीको अवसर पारीशिवमसिमेन्टस् उक्त चालक ज्याकेट हस्तान्तरण गरेको थियो ।

शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरु द्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएकोअसली आपिसी सिमेन्ट हो । सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवमप्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १०:२३