८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कुमारी बैंकको साढे ८ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

२२ चैत, काठमाडौं । कुमारी बैंकले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी प्रेमनारायण शर्माको नाममा रहेको ८ हजार ७१२ कित्ता सेयर बिक्री गर्न लागेकाे हाे । उक्त सेयरमा संस्थापक सेयरनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । साे सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आईपुग्ने गरि आवेदन दिन सक्नेछन् ।

तोकिएको समयअवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेकाे खण्डमा प्रचलित कानून बमोजिम अन्य ब्यक्ति संघसंस्थामा बिक्री प्रक्रिया अघि बढाइएने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १३:०७