छुट्ला है ! एक कम्पनीकाे १३.२७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२२ चैत, काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत २२ गते बुधबार अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि चैत २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।
कम्पनीकाे १३ औँ वार्षिक साधारणसभा वैशाख ६ गते काठमाडाैंकाे तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार ०९:५७