१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

नेकपाको स्थायी कमिटी बैठक बोलाउने निर्णय, एजेण्डा तय गर्न बुधबार सचिवालय बैठक

२२ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थाायी समिति बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटी बैठकका एजेन्डा तय गर्नका लागि आगामी बुधार पनः सचिवालय बैठक बस्ने उनले बताएका छन । सोमबारको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो भ्रमणका बारेमा जानकारीसमेत गराएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १२:५३