१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

राष्ट्रियसभा अध्यक्षमा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी


२८ फागुन, काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको छ र गणेश तिमिल्सिना निर्विरोध निर्वा्चित भएका छन् ।यद्यपि अध्यक्षमा निर्विरोध निर्वा्चित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ ।

तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् ।

राष्ट्रियसभा अध्यक्षमा निर्वारोध बनेपछि तिमिल्सिनाले सभालाई सबैको साझा संस्था बनाउने बताएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार १३:५४