१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण


२१ चैत, काठमाडाैं । एशियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। एसियन डेभलपमेन्ट आउटलुकको अप्रिल सिरिज सार्वजनिक गर्दै एडीबीले यस्तो प्रक्षेपण गरेको हो ।

सन् २०२२ मा ५.८ प्रतिशत रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा ४.१ र सन् २०२४ मा ५ प्रतिशत हुने प्रक्षेपण एडीबीको छ । सन् २०२३ मा मुद्रास्फीति ७.४ प्रतिशत रहने छ । यो अघिल्ला वर्षहरुको तुलनामा भने बढी हो । सन् २०२१ मा ३.६ प्रतिशत र सन् २०२२ मा ६.३ प्रतिशत मात्र मुद्रास्फीति रहेको थियो । आगामी वर्ष भने ६.२ प्रतिशत मात्र मुद्रास्फीति हुने छ । दक्षिण एसियाली मुलुकमध्ये यस वर्ष श्रीलंकाको आर्थिक वृद्धिदर नकारात्मक रहने छ भने अन्य सबै देशको सकारात्मक रहने प्रक्षेपण एडीबीको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १४:३७