१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

ट्वीटरको लोगो परिवर्तन, चराको ठाउँमा कुकुर


२१ चैत, काठमाडौं। ट्वीटरका सीईओ एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । ट्वीटरको लोगो परिवर्तन गरी चराको लोगो हटाएर कुकुरको लोगो राखेका छन् ।

मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका छन् । अब ट्वीटरमा खोल्दा उक्त कुकुरको फोटोले स्वागत गर्नेछ । साथै ट्वीटरको होमपेजमा माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि सोहि कुकुरको फोटो नै देखिन थालेको छ ।

विवादास्पद क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा पनि यही कुकुरको तस्वीर रहेको छ । हाल एलन मस्कले उक्त क्रिप्टोकरेन्सीको २५८ अर्ब डलर फिरौती सम्बन्धी मुद्दा झेल्नु परेको छ । सो मुुद्दा अहिले म्यान हटन अदालतमा चलिरहेको छ । मस्कमाथि डोजेक्वाइनको पिरामिड शैलीबाट रकम उठाएको तथा क्रिप्टोकरेन्सीमार्फत नै ठगी तथा जुवा खेलाएको आरोप लागेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १३:२५