१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

उपाध्यक्षका प्रत्याशी हेमराज ढकालको प्यानल घोषणा, को- को समेटिए


२१ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले सदस्यहरु सहित आफ्नो टीमको घोषणा गरेका छन् । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समुहबाट उम्मेदवारी दिएका ढकालले १४ जना सदस्य सहितको प्यानल घोषणा गरेका हुन् ।

उनको समुहले महासंघको वस्तुगत संघलाई बलियो बनाउन अभियान अनुरुप सबैजसो क्षेत्रलाई समेटेर सदस्यहरु सहितको टीम घोषणा गरेका हुन् । विषेगरी उक्त समुहले साना, लघु, घरेलु तथा कृषि, पर्यटन, निर्यात, उत्पादनमुलक, खाद्यान्न लगायत सबैजसो क्षेत्रलाई समेटेर सदस्यहरुको उम्मेदवारी घोषणा गरेका छन् ।

घोषणा सभा कार्यक्रममा बोल्दै वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगत संघ भनेको ब्रेन भएको तर महासंघ चलायमान बनाउने वस्तुगत संघलाई महासंघभित्र धेरै स्थान नदिएको गुनासो गरेका छन् । अबका दिनमा महासंघ भित्र वस्तुगत संघको अधिकार र दायरा फराकिलो बनाउँदै सम्पूर्ण वस्तुगत संघले अपनत्व गर्ने महासंघ निर्माणका लागि आफ्नो समुहले उम्मेदवारी दिएको बताए ।

उमेशलाल श्रेष्ठ समुहको वस्तुगत उपाध्यक्षका प्रत्याशी हेमराज ढकाल समुहको केन्द्रिय सदस्यका उम्मेदवारहरु:

  • अच्युत गरागाईँ –नेपाल टुर एण्ड ट्राभल एजेन्ट एसोसिएसन
  • कमला श्रेष्ठ –नेपाल सौदर्यकला व्यवसायी संघ
  • किरण डंगोल –नेपाल हातेकागज संघ
  • खोज राज कटुवाल –कृषि मेशिनगरी व्यवसायी संघ)
  • नानीराज घिमिरे –फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल)
  • देवेन्द्र खड्का –कुरियर सर्भिस एसोसिएन अफ नेपाल)
  • नरेशलाल श्रेष्ठ –नेपाल फेल्ट उत्पादक तथा निर्यातक संघ)
  • पशुपतिदेव पाण्डे –गार्मेन्ट एसोसिएसन नेपाल
  • भक्त हमाल –केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन नेपाल)
  • रामेश्वर शाह –आउटसोर्सिङ एसोसिएसन नेपाल
  • रितेश लामिछान–गुड्स क्यारिएर एसोसिएसन)
  • लिलेन्द्र प्रसाद प्रधान–नेपाल राष्ट्रिय पेट्रोलियम डिलर्स एसोसिएन
  • डा. सुवोध गुप्ता–चामल, तेल, दाल उद्योग संघ
  • हरि बहादूर कार्की–नेपाल निर्यात परिषद्

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १२:२४