८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

एनएमबि बैंकको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने, कति पाइन्छ ब्याज ?

२१ चैत, काठमाडाैं । एनएमबि बैंकले आज चैत २१ गते मंगलबारदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेकाे छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ निष्काशन गरेकाे हाे । बैंकले एक हजार अंकित दरका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

कुल इकाइमध्ये बैंकले २४ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्ने छ भने बाँकी १६ लाख इकाइ सर्वसाधारणका लागि जारी गरेको छ। सर्वसाधारणका लागि छुट्याइएको १६ लाख इकाइमध्ये ८० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएमा ४५ हजार बाँडफाँड गरिसकिएको छ। बाँकी इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा १६ लाख इकाइसम्म्म खरिद आवेदन दिन सक्नेछन्। ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ५ गते बैंकिङ समयपछि हुनेछ। एनएमबि बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १०:१०