१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

-लक्ष्मण सिटाैला

के म कुमारी जस्ती देखिन्छु ?
जुन दिन घामले चुम्बन गर्यो
मेरो लालुपाते जवानी बिटुलियो !
म त्यतिबेलै ध्वस्त भए
जब छोएर गयो
सिरसिरे बतासले
मेरो कुमारीत्वलाई भङ्ग गर्दै !
म कहाँ सुरक्षित छु र हे माली !
तिमी जतन त गर्छौ
आखिर बलि हुनुछ म
चाहे ईश्वरका नाउँमा होस
या प्रेमी / प्रेमिकाको नाउँमा
तिमी गोडमेल त गर्छौ
आखिर कसैको शिरमा
त कसैको पाउमा
झर्नु छ मैले !
लत्रेर कुनैदिन
अर्पनु छ मैले मेरो अहम !
भोग्दा भोग्दै मीठो जिन्दगी !
कहिले घामको दासी भए
कहिले बतासको प्यासी भए
सपनाको बर्कान बोकेर
चिथोर्दै आफ्नै भविस्य
आफ्नै काडाहरुबाट बलात्कृत म
सुर्यले छोएपछि
भैमा खसेको शीत हु
सबैको आखामा
फूल त हु
सुरक्षा दिने काडा सगै भएर पनि
निहत्था मारिन्छु
दैवकै अगाडि !!
खोइत ?
आखिर मलाई बचाउने
को भयो त यहाँ ?

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ०९:३६