२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या, बम दिदीबहिनी संलग्न रहेको अाशंका

२१ असोज, काठमाडाैँ । कञ्चनपुरकी भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा बम दिदी बहिनीमाथि नै छानविन सिमितले अाशंका व्यक्त गरेको छ । समितिले शंकाको संकेत बबिता भनिने अनिता बमतर्फ गरेको छ ।

गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनको ३४ औं पृष्ठमा भनिएको छ- ‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।’ निर्मला पन्त हराएको दिन बम दिदीबहिनीहरु ट्युसन सेन्टरमा अनुपस्थित भएको समितिको प्रतिवेदनमा उल्लेख छ भने बबिता (अनिता) बम र उनका बुबाले ट्युसन सेन्टरमा गएर आफूहरु उक्त दिन ट्युसन पढ्न आएका थिए भनिदिनोस् भनेर आग्रह गरेका कारण उनीहरुको गतिविधि शंकास्पद रहेको समितिले ठहर गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार २१:२४