२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

एसपी विष्ट र बम दिदीबहिनीमाथि अनुसन्धान गर्न मानवअधिकार आयोगको निर्देशन

२१ असोज, काठमाडौँ । निर्मला  पन्तको बलात्कारपछि हत्या प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय मानवअधिकार आयोगकाे टोली घटनापछि कञ्चनपुर पुगेर  तयार पारेको प्रतिवेदनका आधारमा सरकारलाई ८ बुँदे निर्देशन दिएको हो ।

आयोगले रोशनी र वविता बमलाई समेत शंकाको घेरामा राखेर अनुसन्धान गर्न सरकारलाई भनेको छ । साथै शंकास्पद व्यक्तिहरुको डीएनए परीक्षण गरिएको भएपनि ल्यावमा प्रयोग भएको औजार, रसायन, भजाइनल स्वाबको सुरक्षा पर्याप्त भए नभएको पुनः विश्लेषण र जाँच गर्नुपर्ने मानवअधिकार आयोगको ठहर छ ।

प्रहरीको अनसन्धानमा विश्वसनीयता नहुँदा आम मानिस र पीडित परिवारमा निराशा बढेको भन्दै आयोगले छिटो दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार १९:१९