२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

१३० रुपैयाँमा प्राइम कमर्सियल बैंकको सेयर बिक्री हुँदै, सर्वसाधारले पनि किन्न पाउने

१५ चैत, काठमाडाैं । प्राइम कमर्सियल बैंकले केही संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएकाे छ । बैंकले चैत २१ गतेदेखि ९ लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेकाे हाे । लिलामीमा राखिएको सेयरकाे न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। यसकाे अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरि आवेदन दिन सक्नेछन् ।

साे सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै सर्वसाधार, योग्य व्यक्ति तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण सेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले चैत २९ गतेसम्म बिक्री प्रबन्धक सानिमा क्यापिटल काठमाडाैं नक्सालस्थित कार्यालयमा बोलपत्र आवेदन पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १०:०१