नेकपाको सचिवालय बैठक अाज, माधव नेपालले माझी खोज्लान कि टङ स्लिप भो भन्लान ?
२१ असोज, काठमाडाैँ । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्ष दुबै जनाले अाफूलार्इ कार्वाहक अध्यक्षको जिम्मेवारी समेत नदिइ विदेश गएको झोँकमा संसद बैठकमा सरकारले देश डुबाउन लाग्यो भन्दै माझीको खोजी गर्ने वरिष्ठ नेता माधवकुमार नेपालले अाजको बैठकमा के गर्लान भन्ने चासोको विषय बनेको छ ।
यसअघि तत्कालीन अवस्थामा अाफ्नै पार्टीको सरकारविरूद्ध अाएको अविश्वासको प्रस्तावको सामना गर्न संसदको रोष्ट्रममा उभिएका नेपालले अोलीकै विरूद्ध बोले पछि टङ स्लिप भयो भनेर माफी मागेका थिए । यसपटक उनले संसदमा बोलेको भाषणलार्इ पनि त्यसैको सफ्ट रूपमा रहेको बताउँछन । नेपालले सरकारविरूद्ध बल्दै माझी खोजेका थिए ।

त्यसपछि पार्टीको वृतमा तरंग छाएको थियो । नेताहरू नेपालको भाषणलार्इ लिएर एक अर्काका बारेमा बोल्न समेत अघि सरेका थिए । पार्टी बढेको तिक्ततापिछको बैठक भएका कारण अाजको बैठकमा माधव नेपालले माझी खोज्लान कि टङ स्लिप भो भन्लान ? भन्ने धेरैको चासोको विषय बनेको छ ।
बैठकमा सरकारकाे काम कारबाही प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने जनाइएको छ । बैठक अपरान्ह ४ बजे बस्ने जनाइएको छ ।
प्रकाशित मिति : 10:50









