२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले गठन गर्याे समिति, प्रधानमन्त्रीले आजै भेट्ने


१४ चैत, काठमाडौं- काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति गठन गरेका हुन् ।

समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन् ।

चार सदस्यीय यो टोलीले मिटर ब्याज पीडितसँग भेट्ने र प्रधानमन्त्री प्रचण्डसँग भेट्ने वातावरण बनाउने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको शर्माले बताए ।

११ दिने लामो पैदल यात्रा गरेर सोमबार काडमाडौं आएका मिटरब्याज पीडितलाई मंगलवार बिहान प्रधानमन्त्रीलाई भेट्न जाने क्रममा प्रहरीले टंगालमै रोकेको थियो । पीडितका प्रतिनिधिहरुले भने आफूहरुलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेकाले प्रधानमन्त्री दाहालले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गेरकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १२:१४