२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

बोकालाई संगिनी सुई लगाए कारबाही गर्ने चेतावनी, यस्तो छ गाउँपालिकाको सूचना


१४ चैत, काठमाडाैँ । गुल्मीको धुर्कोट गाउँपालिकाले बोकालाई संगिनी सुई लगाए कारबाही गर्ने चेतावनी दिएको छ । कतिपयले बोकालाई संगिनी सुई लगाएको भन्ने समाचार प्रकाशित भएको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले एक सूचना प्रकाशित गरे अब बोकालाई संगिनी सुई लगाए कारबाही गर्ने बताएका हुन ।

परिवार नियोजनको अस्थायी साधनको रूपमा महिलाले प्रयोग गर्ने उक्त सङ्गिनी सुई गुल्मीको धुर्कोटमा बोका पाठालाई लगाइएको पाइएपछि गाउँपालिकाले कारबाहीको चेतावनी दिएको हो । निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले गाउँपालिकाको वडा नम्बर १ र ७ का बोका पाठालाई उक्त सुई लगाइदिएको पाइएको छ । सो सुई लगाएपछि तौल बढ्ने विश्वासका साथ किसानहरूकै सहमतिमा सुई लगाएका हुन ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार ११:३१