१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

राष्ट्रियसभा अध्यक्षमा एमालेका तर्फबाट उम्मेदवारी

२८ फागुन, काठमाण्डौँ । राष्ट्रिय सभाको अध्यक्ष पदका एमालेका तर्फबाट उम्मेदवारी दिने तयारी भैरहेको छ ।
बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताका लागि समय छुट्याएको निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आजै दिउँसो साढे १ बजे प्रकाशित गर्ने निर्वाचन कार्यतालिका रहेको संसद सचिवालयका प्रबक्ता भरतराज गौतमले जानकारी दिए ।

राष्ट्रिय सभाको निर्वाचन आगामी बुधबार दिउँसो १ बजे हुनेछ । बाम गठबन्धनको सहमतिअनुसार एमालेका तर्फबाट राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने बताइएपनि एमालेले अहिले सम्म उम्मेदवारको नाम तय गरिसकेके छैन ।
यसैबीच राष्ट्रिय सभा अध्यक्षमा नेपाली काँग्रेसले उम्मेदवारी नदिने भएको छ ।
एमालेले भने राष्ट्रिय सभाको अध्यक्षमा पर्शुराम मेघी गुरुङ र गणेश तिमल्सेनामध्ये एकलाई अघि सार्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार १२:२०