२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

१३ चैत, जनकपुरधाम । चैती छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ चढाउन ब्रतालुहरु पोखरी घाट पुगेका छन् । जनकपुरधामका पोखरीहरुमा वासन्ती अर्थात चैती छठको मनाउन श्रद्धालुहरुको चहल पहल बढेको छ । तराई मधेशका जिल्लाका केहि स्थानमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ चैत्र शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाउने चलन छ ।

जनकपुरधामको गंगासागर लगायतका पोखरीमा आज साँझ ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन् । छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको यो पर्व सप्तमीका दिन अर्थात् भोलि बिहान उदाउँदा सूर्यलाई घाटमै अर्घ चढाएपछि सम्पन्न हुन्छ ।

यो व्रतको प्रभावले हरेक मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक छठ मनाउने चलन छ । तर चैती छठ तराई मधेशमा समेत लोप हुदैँ गएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १७:००