८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कुमारी बैंकको ६१ हजार कित्ता सेयर बिक्रीमा, क- कसले दिन पाउछन् आवेदन ?

१३ चैत, काठमाडाैं । कुमारी बैंकले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी राजेन्द्र कुमार घिसिङको नाममा रहेको ६१ हजार ४२५ कित्ता सेयर बिक्री गर्न निवेदन दिएकाे हुनाले उक्त सेयर बिक्री गर्न लागेकाेे बैंकले जनाएकाे छ । साे सेयरमा संस्थाप सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं टंगाल–२ मा दरखास्त दिन सक्नेछन् ।

तोकिएको समय अवधिभित्र संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार साे सेयर सर्वसाधारण अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १६:२०