१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्सले फेरि घटायो लाभांश, अब बोनस कति ?

१३ चैत, काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश दोस्रो पटक घटाएकाे छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा कम्पनीले उक्त आर्थिक वर्षका लागि प्रस्ताव गरेकाे लाभांश दाेस्राे पटक संशोधन गरेको हाे ।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले ३४.४५ प्रतिशत बोनस सेयर मात्र बितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर कम्पनीले नेपाल राष्ट्र बैंकबाट १५ प्रतिशत बोनस सेयर मात्रै बितरण गर्न निर्देशन दिएसँगै अब कम्पनीले १५ प्रतिशत मात्र बोनस सेयर बितरण गर्ने जनाएको छ ।

कम्पनीले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेका कारण सो मितिभन्दा अगाडि कायम सेयरधनीहरुलाई प्राप्ति मितिदेखि दुई आर्थिक वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्थाका कारण हाल लाभांश कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको संस्थाले जनाएको छ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १०:२७