अर्थतन्त्र जोगाउन रेमिटेन्समै भर पर्ने प्रवृत्ति घातकः डाक्टर कोइराला
१२ चैत, काठमाडौं । नेपाली काँग्रेसका सांसद डाक्टर शेखर कोइरालाले मुलुकको अर्थतन्त्र विकासका लागि रेमिटेन्समै भर पर्ने नीति सुर्धानु पर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले देशको अर्थतन्त्रलाई लामो समयसम्म रेमिटेन्सबाट जोगाउन र चलाउन सम्भव नभएको बताएका हुन् ।
अर्थतन्त्रको मेरुदण्ड रेमिटेन्सबाट प्राप्त विदेशी मुद्रामात्र भएको भन्दै उनले, अब वैकल्पिक राय र राजस्व क्षेत्रको खोजीहुनु पर्नेमाजोड दिए । उनले भने ‘हामी सबैलाई थाहा छ । अहिले हाम्रो अर्थतन्त्रको मेरुदण्ड भनेको रेमिटेन्सबाट प्राप्त विदेशी मुद्रामात्र भएको छ । यसले हाम्रो अर्थतन्त्रलाई जोगाएको मात्र छैन श्रीलंका र पाकिस्तानको जस्तो सङ्कटतर्फ जान पनि रोकेको छ । देशको अर्थतन्त्रलाई चिर कालसम्म रेमिटेन्सबाट जोगाउन र चलाउन सम्भव छैन भन्ने शिक्षालिएर वैकल्पिक राय र राजस्व क्षेत्रहरूलाई खोज्नुपर्छ ।’
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौतीथपिएकाले देशको अर्थतन्त्र निराशाजनक रहेको बताए । संसद्, सरकार र प्रतिपक्ष सबै एक ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधनगर्न आवश्यक रहेको उनको भनाई छ ।
प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १५:५९