२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

सैनिक शिविरमा भुतपुर्व सैनिक र बहालवाला सैनिकको स्वास्थ्य परीक्षण

२८ फागुन, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित १८ नम्बर बाहिनीमा नेपाली सेनाले सञ्चालन गरेको शिविरमा भूतपूर्व सैनिक र बहालवाला सैनिकको स्वास्थ परीक्षण गरीएको छ । तिनदिने सिबिरमा सैनिकका साथै तिनका परविार र एक हजार ३८ जनाले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् ।

फगुन २५ गतेदेखि भुल्केस्थित नेपाली सेनाको क्याम्पमा २७ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा विभिन्न रोग हाडजोर्नी, आँखा, ग्यास्ट्रिक, प्रेसर, मानसिक रोग, पिसाब पोल्ने भुँडी दुख्ने पायल्सलगायतका रोगसँग आबद्ध रोगीको स्वास्थ्य परीक्षणसहित उपचार गरिएको १८ नम्बर बाहिनी नेपाली सेना भुल्केले बताएको छ ।

उपचारका क्रममा नेपाली सेना शेर दल गण खोटाङ, अमर दल गुल्म सोलुखुम्बु, शमशेर दल गण ओखलढुंगा तथा सार्दुल गण उदयपुर गाईघाटलगायत आबद्ध भूपू तथा बहालवाला सेना र तिनका परिवार तथा आफन्तको उपचार गरिएको १८ नम्बर बाहिनी भुल्केका क्याप्टेन तथा उपचारमा संलग्न डा प्रह्लाद मेहताले बताए ।

प्रकाशित मिति : 11:52