एनएमबि बैंकले चैत २१ गतेबाट ऋणपत्र निष्कासन गर्दै, कति पाइन्छ ब्याज ?
१२ चैत, काठमाडाैं । एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रतिकित्ता रू १ हजार मूल्य अंकित दरको रू ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र बैंकले निष्कासन गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात रू २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने र बाँकी ४० प्रतिशत अर्थात रू १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणमा विक्री गरिने जानकारी बैंकले दिएको छ ।
सर्वसाधारणमा बाँडफाँड गरिने ४० % ऋणपत्रमध्ये ५ % दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँड गरि सकिएको छ । सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा बिक्रीमा आउन लागेको हो ।
उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका देखि अधिकतम १६ लाख कित्तासम्म माग गर्न सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १२:३३