१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

बसन्त कुँवरलाई आईजीपी बनाउने मन्त्रिपरिषदको निर्णय


१० चैत, काठमाडाैं ।  सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ ।  शुक्रबार बसेको  मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो । आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए ।

हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् । उनीसहित ९ जना उच्च प्रहरी अधिकारीले एक साथ अवकाश पाउन लागेका हुन्।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १७:०६