थप तीन ब्रोकर कम्पनीले पाए शाखा खोल्न धितोपत्र बोर्डबाट अनुमति
१० चैत, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट थप तीन ब्रोकर कम्पनीहरूले शाखा खोल्न अनुमति पाएका छन् । धितोपत्र बोर्डले शनि सेक्युरुटिज, आर्यातारा इन्भेस्टमेन्ट र नासा सेक्युरुटिजलाई शाखा खोल्न अनुमति दिएकाे हाे । नासा सेक्यूरिटिज र शनि सेक्यूरिटिजले पोखरामा र आर्यतारा इन्भेष्टमेन्टले भक्तपुरमा शाखा खोल्न अनुमति पाएको बोर्डले जनाएको हो ।
बोर्डले आवश्यक कागजात समयमै पेश भएको खण्डमा पछिल्लो समय बढीमा १५ दिनभित्र शाखा खोल्न अनुमति प्रदान गर्ने नीति लिएको छ । धितोपत्र बोर्डले निवेदन दिएको १५ दिनमै अनुमति पाउने व्यवस्था गरेसँगै यी कम्पनीले निवेदन दिएको १४ दिनमा नै धिताेपत्र बाेर्डबाट शाखा खाेल्न अनुमति पाएका हुन् । यसअघि बोर्डले ११ सेयर ब्रोकर कम्पनीलाई शाखा विस्तार अनुमति दिएको थियो।
प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १२:०७












