१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राष्ट्र बैंकले जीवन विकास लघुवित्तको लाभांशमा दोस्रो पटक लगायाे कैँची, अब बोनस र नगद कति ?

१० चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले जीवन विकास लघुवित्त वित्तीय संस्थाको लाभांश दोस्रो पटक घटाएको छ। संस्थाको संचालक समिती बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले लाभांश घटाएर चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ७.१५ प्रतिशत नगद गरी कुल ३३.१५ प्रतिशत लाभांश मात्रै वितरण गर्ने निर्णय गरेकाे थियाे ।

तर संस्थाको सञ्चालक समितिको बैठकले दोस्रो पटक आर्थिक वर्ष २०७८/७९को लाभांश घटाउने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको निर्देशनमा लाभांश घटाउँदै कम्पनीले उक्त आर्थिक वर्षका लागि चुक्ता पुँजीको १४.२८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७१४२ प्रतिशत नगद लाभांश गरी कूल १४.९९९२ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।

कम्पनीले चैत्र ३० गते मोरङको कटहरी स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको छ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १७ गतेदेखि चैत ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार ०९:३४