२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

स्वरले नै दुनियाँ जितेकी चर्चित पत्रकार कृष्णा ताम्राकारको निधन


१० चैत, काठमाडौँ । ‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्’ हाल ३० वर्ष कटेका धेरै नेपालीले सुनेको बाक्य थियो यो । स्वरले नै दुनियाँ जितेकी कृष्णा ताम्राकारको गएराति निधन भएको छ ।

रेडियोको जिवित देवीको उपमा पाएकी ८६ वर्षीया ताम्राकारको बिहीबार राति न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ । रेडियो नेपालकी चर्चित समाचार प्रस्तोता ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा समेत रहेकी थिइन ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार ०७:०३