रूकुममा एक ३८ वर्षीय महिलाको बलात्कारकै क्रममा मृत्यु, अमर बादीले स्वीकारे अपराध
२० असोज, रूकुम । रूकुममा एक ३८ वर्षीय महिलाको बलात्कारकै क्रममा ज्यान गएको छ । प्रहरीका अनुसार मुसिकोट नगरपालिका–१, निवासी १९ वर्षीय अमरबहादुर बादीले अाफ्नै कोठामा लगेर ती महिलालार्इ बलात्कार गरेका थिए । उनको याैन सम्पर्ककै क्रममा मृत्यु भएपछि नालामा लगेर फालेका थिए ।
मुसिकोट शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शवको परीक्षण गर्दा शारीरिक सम्पर्क गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ परेका बादीले राति आफ्नै डेरामा ल्याई शारीरिक सम्पर्क गर्ने क्रममा महिलाको ज्यान गएको र मृत्यु पश्चात शव बोकेर नजिकैको नालामा फालेको स्वीकार गरेका छन् । उनलार्ई कर्तव्य ज्यान अन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार १५:१७












