२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

चितवनमा १० वर्षीय बालक वेपत्ता

२० असोज, चितवन । भरतपुर महानगरपालिका–२ निवासी १० वर्षीय बालक रोजन भट्टराई बेपत्ता भएका छन् । उनले विद्यालय लगेको झोला र सर्ट आज नारायणी नदी किनारमा फेलापरेको छ ।

प्रहरीले बालक नदीमा बेपत्ता भएको आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शुक्रबार परीक्षा दिन स्थानीय भानु माध्यमिक विद्यालयमा गएका बालक बेपत्ता भएपछि खोजीकार्य थालिएको थियो । झोला र सर्ट नदी किनारमा फेला परेपछि नदीमा खोजी कार्य शुरु गरेको प्रहरीले जनाएको छ । बालक भानु माविमा कक्षा ४ मा अध्ययनरत थिए ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार १४:५०