१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एडिलेडमा बियुफसी कप फुटवल प्रतियोगिता हुँदै

७ चैत, एडिलेड । ब्रदर्श युनाटेड क्लब (बियुएफसी) को आयोजनामा बियुएफसी कप -२०२३ यहि मार्च ३१ र अप्रिल १ मा एडिलेडमा हुने भएको छ । क्लवका उपाध्यक्ष सन्तोष ढकालले क्लवका पुर्व खेलाडी स्वर्गिय मिलन रानाको स्मृतिमा प्रतियोगिता हुन लागेको बताए ।

प्रतियोगितामा आठ वटा टिम सहभागी हुने भएका छन्। जसमा एडिलेड खुकुरी फुटवल क्लवका दुई टिम, किरात फुटवल क्लव, एडिलेड ड्रयागन फुटवल क्लव, ८८४८ रोयल फुटवल क्लव, नेपाली पाठशाला र ब्रदर्श युनाटेड क्लबको दुइ टिम रहेका छन् । बिजयी टिमलाई कप सहित अष्ट्रेलियन डलर २५००, दोस्रालाई अष्ट्रेलियन डलर १००० सहित खेलाडीहरुमा मेडल प्रदान गरिने उपाध्यक्ष ढकालले बताए ।

यसै गरि प्रतियोगिताकै क्रममा भेट्रान्सहरुको पनि फुटवल हुने भएको छ । जसमा एडिलेड खुकुरी फुटवल क्लव, नेपाली पाठशाला, ब्रदर्श युनाइटेड फुटवल क्लव, ग्रेस एजुकेशन सहभागी हुने भएका छन् ।

फुटवल खेलसँगै खानाका स्टलहरुमा संचालन हुने भएको छ । ढकालले दर्शकहरुले खेल हेर्दै खानाको स्वाद लिन पाउने जहा पारिवारिक वातावरण हुने समेत बताए । उनले प्रतियोगितालाई खेल मेलाका रुपमा संचालन गर्न खोजिएको बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १६:३३