‘तिमी विवाहित हौ, तिमीप्रति मलाई कुनै रुची छैन’ भन्दा पनि पत्रकार झाले सन्देश पठाउन छाडेनन्
२० असोज, काठमाडाैँ । भारतको हिन्दुस्तान टाइम्समा कार्यरत नेपाली पत्रकार प्रशान्त झामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ । हिन्दुस्तान टाइम्सकै एक पूर्व महिला पत्रकारले यौन दुव्र्यवहारको आरोप लगाएकी हुन । उनले भनेकी छिन, ‘तिमी विवाहित हौ, तिमीप्रति मलाई कुनै रुची छैन भन्दा पनि पत्रकार झाले सन्देश पठाउन छाडेनन् ।’ झाले वकीलसमेत रहेकी हिन्दुस्तान टाइम्समा कानुन बिट हेर्ने महिला पत्रकारलाई यौन दुर्व्यवहार गरेको समाचार भारतीय अनलाइन फर्स्ट पोष्टले छापेको छ ।

फर्स्ट पोष्टका अनुसार सन् २०१४ मा ती महिला हिन्दुस्तान टाइम्समा आवद्ध भएकी थिइन् । त्यहाँ उनले झालाई भेटिन् । दुवैको डेस्क नजिक थियो । दुवैबीच राम्रो मित्रता भयो । ती महिला पत्रकारलाई झाले कामको आदर गरेको लाग्न थाल्यो । एक दिन झाले खाना खान बाहिर जान प्रस्ताव राखे । त्यसलाई उनले सहजै स्वीकारिन् । त्यसपछि झाले प्रेमको प्रस्ताव राखेको ती महिला पत्रकारले आरोप लगाएकी छिन् ।
प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ११:१६












