१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

तीन जिल्लाका १९ दृष्टिविहीन विद्यार्थीलाई मोबाइल वितरण

२८ फागुन, इलाम । इलाममा नेत्रहीन संघ इलामले तीन जिल्लाका १९ दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड फोन वितरण गरेको छ ।

इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका दृष्टिविहीन भएका विद्यार्थीलाई मोबाइल फोन वितरण गरिएको हो ।
उनीहरुलाई पढाइमा सहयोग गर्ने उद्देश्यले मोवाइल वितरण गरिएको बताइएको छ । दृष्टिविहीन विद्यार्थीले प्रयोग गर्ने विशेष प्रकारको सफ्ट्वेर हुने भएकाले उक्त सफ्ट्वेर एन्ड्रोइड मोबाइलमा मात्र चल्ने बताइएको छ । इलाम सदरमुकामस्थित बालमन्दिर प्राविमा दृष्टिविहीन विद्यार्थीलाई आवासको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार ०९:१६