२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

घोडेजात्राको दिन पनि राहदानी विभाग खुला रहने


६ चैत, काठमाडाैं । राहदानी विभाग भोलि चैत ७ गते मंगबार पनि खुल्ला रहने भएकाे छ । सरकारले भोलि घोडेजात्राका अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभाग भने खुला रहने भएको हाे।

विभागले आज एक सूचना प्रकाशित गर्दै भोलि मंगलबार कार्यालय खुला रहने जानकारी गराएको हो। भोलि कार्यालय बिहान १० बजेदेखि दिउँसो २ः३० बजेसम्म खुल्ला रहने जनाएकाे छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १३:३३