५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

नेपाल-रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा अशोक शेरचन

६ चैत, काठमाडाैँ । नेपाल-रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन चयन भएका छन ।काठमाडौँमा सम्पन्न साधारणभाले नेपाल-रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा बैंकर अशोक शेरचनलाइ चयन गरेकाे हाे। उनकाे अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

संघका नवनिर्वाचित अध्यक्ष शेरचनले विगतमा ठूलो संख्यामा नेपाली विद्यार्थीले तत्कालीन सोभियत संघमा छात्रवृत्तिमा अध्ययन गरेका कारण नागरिक स्तरमै सम्बन्ध विस्तार भइसकेको उल्लेख गरेका थिए। उनले नेपाल-रसिया चेम्बरका माध्यमले दुईपक्षीय सम्बन्धलाई थप नयाँ आयाम दिन आफूहरु लागि पर्ने बताए।

संघको निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ रहेका छन् । नेपाल-रसिया चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा चयन भएका छन् । साथै महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएका छन् । 

यस्तै, संघको कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ रहेका छन् ।  कार्यकारिणी समितिका अन्य सदस्यहरुमा गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे रहेका छन्।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १४:३४