२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

पत्रकारलाई जागिर दिने तर तलब नदिने नाईस टिभीका सञ्चालक धनबहादुर मगर पक्राउ


६ चैत, काठमाडाैँ । पत्रकारलाई जागिर दिने तर तलब नदिने नाईस टिभीका सञ्चालक धनबहादुर मगर पक्राउ परेका छन । आशिर्वाद भनिने धनबहादुर मगरलाई प्रहरीले काठमाण्डौको कालोपुलबाट पक्राउ गरेको हो।

नाइस टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई पारिश्रमिक नदिएका उनले पत्रकार एक भएर अान्दोलित भएपछि पैसा नभएको खाताको चेक दिएका थिए । त्यसपछि पीडित पत्रकारहरुले उनीविरुद्ध प्रहरीमा उजुरी दिएको र प्रहरीले पक्राउ गरेर कारबाही प्रकिया अघि बढाएको श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले जानकारी दिएका छन ।

अध्यक्ष जैशीका अनुसार टेलिभिजनका संचालक मगरले ११ जना श्रमजीवी पत्रकारहरुको पारिश्रमिक बापतको जम्मा छ लाख १३ हजार नौ सय ६४ रुपियाँ भुक्तानी दिन बाँकी रहेको छ । उनीहरु सबैलाई खाता रोक्का भएको बैंकको चेक दिएपछि पिडित पत्रकारहरुले चेक बाउन्सको मुद्दा अघि बढाएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १०:४१