१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

नेप्से घेर्न गएका तिलक कोइराला सहित केही लगानीकर्ता पक्राउ

३ चैत, काठमाडाैं । पुँजीबजार सुधार र विकासको माग गर्दै आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) घेर्न पुगेका केही लगानीकर्ताहरू पक्राउ परेका छन् । सेयर लगानीकर्ता तीलक कोइरालाकाे नेतृत्वको नेप्से घेर्न पुगेका केही लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

निषेधित क्षेत्रमा धर्ना बसेपछि तीनजनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त अनामनगर लगिएको प्रहरी वृत्त अनामनगरका प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए। लगानीकर्ता तिलक कोइराला, नयन बाँस्तोला र अर्जुन कोइरालालाई गिरफ्तार गरिएको छ ।

पुँजीबजार विकास र विस्तारका विभिन्न समयमा आन्दोलनको नेतृत्व गरेका कोइरालाले केही दिनअघि लगानीकर्ताहरुलाई नेप्से परिसरमा भेला हुन अपिल गरेका थिए।

उनले फेसबुक स्ट्याटसमा लेखेका थिए, ‘पूँजीबजार बिकासको बन्द भएको ढोका खोल्न आउने शुक्रबार बिहान १० बजे नेपाल स्टक एक्सचेन्ज, सिंहदरबार जाऔं, कोही नछुटौं,नत्र पछुताउनु पर्ला। ’ कोइरालाकै अपिलमा आज सेयर लगानीकर्ताहरु नेप्से परिसरमा भेला भएका थिए।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १३:०८