२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

प्रधानसेनापति पूर्णचन्द्र थापा र पाकिस्तानका राजदूत जावेदबीच भेटवार्ता

१९ असोज, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा र पाकिस्तानका राजदूतबीच भेटवार्ता  भएकाे छ । प्रधानसेनापति थापाले नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग शिष्टाचार भेट गरेका हुन् ।

थापा र राजदूत जावेदबीच शुक्रबार जंगीअड्डामा भएको भेटमा राजदूत जावेदले प्रधानसेनापति थापालाई बधाइ दिएका थिए । साथै थापा र राजदूत जावेदबीच द्वीपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार १४:५५