५.३२ अकंले घट्याे सेयर बजार, दुई कम्पनीको मूल्यमा सर्किट
२ चैत, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन शुक्रबार पनि सेयर बजारमा गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अकंले घटेर १९३३.३१ बिन्दुमा बन्द भएको छ । आज २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँको कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन युनिक नेपाल लघुवित्त र शुभम पावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाएका छन् ।
प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १५:२०












