१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

दुर्घटनामा दुईको मृत्यू १२ घाइते


२७ फागुन, नुवाकोट । नुवाकोटको बट्टारमा त्रिशूलीबाट काठमाण्डौँ तर्फ जाँदै गरेको बा४ख ७९८ नं को बसको ठक्करबाट ७६ वर्षीय ईश्वरीलाल श्रेष्ठको मृत्यू भएको छ भने, बेलकोटगढी नपा–७ कल्चडीस्थित गल्छी त्रिशूली सडकखण्डमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

यसैक्रममा त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस आज दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको बा१ख ६५१९ नंको लोकल बस विदुर नपा–५ पीपलटारस्थित चन्द्रज्योति मावि अगाडि दिउँसो २ः३० बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको विदुरस्थित नुवाकोट सिटी हस्पिटलमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर एकजनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार १७:४२