२९ माघ २०८२, बिहीबार | Fri Feb 13 2026

सेयर संरचना परिमार्जन गर्दै प्राइम लाइफ इन्स्योरेन्स

२ चैत, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले कम्पनीमा रहेको संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

हाल कम्पनीमा संस्थापक र सर्वसाधारणको ६०ः४० को सेयर अनुपात रहेको छ। त्यसलाई ५१.४९ सेयर अनुपात कायम गर्न कम्पनीले सेयर संरचना परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको हो।

उक्त प्रक्रियाका लागि कम्पनीले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिइसकेको छ भने १५ औं वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ।

आफ्नो सेयर सर्वसाधारणमा परिणत गर्न नचाहेमा वा इच्छा नभएमा ७ दिनभित्र काठमाडौंको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन संस्थापक सेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १३:१३